Madhav Kumar Nepal

गौरा पर्वको अवसरमा शुभकामना !

 

१० भदौ २०७७

शुभकामना

 

सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ मनाइने गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास छ ।

विविधताले भरिएको नेपाली समाजमा विभिन्न धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको छ । समाजमा परस्पर एकता र विश्वास विस्तार गर्दै विशिष्ट पहिचान बनाएको गौरा पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् ।

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण देशका कैयौं भागमा निषेधाज्ञा जारी रहेकाले जनजीवन कष्टकर बनेको प्रतिकूल समयमा यसको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रुपमै घरपरिवारमै सिमित रहेर गौरा पर्व मनाउन सबैलाई आग्रह समेत गर्दछु ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्