Madhav Kumar Nepal

इद-उल-अजाह (बकर इद) को अवसरमा हार्दिक शुभकामना

 १६ साउन २०७७

हार्दिक शुभकामना ।

इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद-उल-अजाह (बकर इद) को अवसरमा इस्लाम धर्मावलम्वीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

धार्मिक-सांस्कृतिक विविधता रहेको हाम्रो देशमा विभिन्न समुदायले मनाउने यस्ता पर्वहरुले राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुगेको छ । इद-उल-अजाह (बकर इद) आपसी सद्भाव र शुभेच्छा आदानप्रदान गर्ने महत्वपूर्ण पर्व हो । यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गर्ने मेरो बिश्वास छ ।

 

अहिले कोभिड-१९ महामारीको अवस्थाले गर्दा भीडभाड नगरी आआफ्नो घरमा नै पर्व मनाउनुहुन पनि इस्लाम धर्मावलम्वीहरुमा आग्रह गर्दछु ।

माधवकुमार नेपाल

 

 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्