Madhav Kumar Nepal

प्रेस विज्ञप्ति

१८ जेठ, २०७७

रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोतीमा २०७७ जेठ १० गते भएको घटनामा परी जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही वेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त घटनामा परी ज्यान गुमाउनुहुने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु । साथै, वेपत्ताको छिटो खोजी गर्न पनि अनुरोध गर्दछु ।

एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको छ । यसलाई मैले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको छु । छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा स्पष्ट ठहर गरिसकेको छ । अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछूतले हाम्रो समाजलाई पछाड मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत गर्दछ । स्थानीय तहसम्म जननिर्वाचित संस्थाहरुको व्यवस्था भइसकेपछि कानुन कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टठ्कारो रुपमा दर्शाएका छन् ।

मावनताविरुद्धै अपराधका रुपमा भएको उक्त घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न म

विशेष जोड दिन चाहन्छु । साथै, छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्य गर्नका लागि आआफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न, यस्ता क्रियाकलाप भएमा त्यसका विरुद्धमा दृढतापूर्वक उभिन र सामाजिक न्यायको पार्टीको घोषित उद्देश्यलाई सामाजिक जीवनमा परिणत गर्नका लागि उदाहरणीय बन्न म हाम्रो पार्टी नेकपाका सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गर्दछु ।

माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री तथा

रिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्