Madhav Kumar Nepal

भारतीय राजदूत रणजीत रायद्वारा भेट

२४ भाद्र, २०७३,

नेपालका लागि भारतीय राजदूत रणजीय रायले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा आज बेलुकी ५ः०० बजे भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमण तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकनी भएको छ । 

भेटमा भारतीय राजदूत रायले नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ उँचाईमा पु¥याउनुपर्ने कुरा उल्लेख गर्दै नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणले दुइ देश बीचको सम्बन्धलाई थप बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत नेपालको प्रगति एवम् नेपाली जनताको समृद्धिको पक्षमा रहेको कुरा उल्लेख गर्दै नेकपा (एमाले)सँगको सम्बन्धलाई पनि  सुमधुर बनाउने कुरा उल्लेख गर्नुभयो । 

पूर्वप्रधानमन्त्री नेपालले नेपाल–भारत सम्बन्धका ऐतिहासिक पक्षको चर्चा गर्दै पारस्परिक लाभ र सम्मानको आधारमा यो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने कुरा उल्लेख गर्नुभयो ।

आजको भेटले नेपाल भारत सम्बन्धलाई अझ मजबूत बनाउन थप योगदान दिएको छ ।

 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्